चर्चित बन्दै डिजे जोडी

483

रोसन भट्टराई । झापा
मोरङ जिल्ला स्थित सलकपुरका जीवन भट्टराई उमेरले १८ वर्षका मात्र हुन् । करिब १०० भन्दा बढी चर्चित मानिसहरुको क्यारिकेचर गर्न सक्ने उनलाई अहिले अभिनयको क्षेत्रमा डिजे जोडि कमेडियनका नामले चिन्न थालिएको छ । उनका साथी डिल्लीराम ओझा र उनी जब कुनै स्टेज प्रोग्राममा प्रस्तुती दिन थाल्छन् दर्शकहरु उनीहरुको प्रस्तुती हेरेर नमुस्कुराई बस्नै सक्दैनन् । कक्षा १२ मा अध्ययन गर्ने भट्टराईले आगामी दिनहरुमा निरन्तर कलाकारिता क्षेत्रमा लाग्ने बताएका छन् ।
विद्यालय स्तरमा हुँदा देखिनै विद्यालयको कार्यक्रमहरुमा विभिन्न व्यक्तिहरुको क्यारीकेचर गर्ने गरेका उनीहरु पछिल्लो अन्य स्टेजका कार्यक्रमहरुमा समेत प्रस्तुती दिन थालेपछि दर्शकहरुले आफुहरुको प्रतिभा मन पराउन थालेको बताए ।
कमेडीयन डिजे जोडिले मानिसको मात्र आवाज नभए मोटो पत्लु जस्ता कार्टुनहरुको समेत क्यारिकेचन गर्न सक्छन् । उनीहरु आगामी दिनमा चराचुरुङ्गी तथा पशुजन्य जनावारहरुको समेत क्यारिकेचन गर्न सिक्ने बताएका छन् ।

Facebook Comments