गायिका इन्दिरा भट्टराईको नयाँ गीत सार्वजनिक

390

गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ गत आइतबार सार्वजनिक भएको छ।बुढा सुब्बा डिजिटल प्रालि ले यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो।

गायिका भट्टराईको आवाज रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा संगीत रहेको छ भने संयोजन सविन लिम्बूको रहेको छ। गम्भीर बिष्टद्वारा निर्देशित तथा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाले गरेका छन् । शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन्।

Facebook Comments