बुद्धशान्तिमा पहिलो दिन १,४१३ जना नागरिकले लगाए खोप

0
बुद्धशान्तिमा पहिलो दिन १,४१३ जना नागरिकले लगाए खोप तीर्थ तिम्सिना- सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको भेरोसेल खोप झापाको बुद्धशान्ति गाउँपालिकामा पनि लगाइएको छ । ५५ वर्षमाथिका नागरिकहरुलाई मंगलबारबाट लगाइएको खोपमा पहिलो दिन १ हजार ४ सय १३ जनाले लगाएका हुन् । खोप बुद्धशान्ति गाउँपालिका केन्द्र र शान्तिनगर स्वास्थ्यचौकीबाट लगाइएको थियो । जसमा गाउँपालिका केन्द्रबाट ७ सय ५५ जनाले र शान्तिनगर स्वास्थ्यचौकीबाट...

१४ दिनपछि पीसीआर गर्नै पर्दैन, नाै दिनपछि भाइरस सर्दैन

0
नयाँ बानेश्वरकी सोनम शाहीलाई १८ दिनअघि कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरस निको भए/नभएको हेर्न उनले १८औँ दिनका दिन पुन : परीक्षण गराइन् । तर, उनलाई सिटी भ्यालु ७ सहित फेरि पोजिटिभ देखियो । ‘१८ दिन होम आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्दा फेरि पोजिटिभ देखियो,’ उनले भनिन्, ‘थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने लक्षण पनि थियो...

नेपालमा काेराेनाकाे तेस्रो लहर फैलिने जाेखिम बढेकाे चेतावनी

0
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको 'चेतावनी' दिएको छ। मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने 'चेतावनी' दिएको हो। तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको...

रोटरी क्लव अफ भद्रपुरको आयोजनामा रक्तदान, ७९ पिन्ट रगत संकलन

0
भद्रपुर, ६ साउन । भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ । रोटरी क्लव अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखा, रोट्याक क्लव अफ भद्रपुर र इनल व्हील भद्रपुरको सहकार्यमा आज भएको रक्तदान कार्यक्रममा ७९ जनाले रगतदान गरेका हुन । रक्तदान गर्नेमा ९ जना महिला थिए । रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाको सभापतित्वमा भएको...

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ४१ लाख हाराहारी

0
विश्वभर तीन अर्ब ६३ करोड ६४ लाख ४४ हजार ४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ४ साउन : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ ।विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ लाख...

मध्यपूर्वमा विनाशकारी रुपमा कोरोना फैलिने डब्ल्यूएचओकाे चेतावनी

0
३१ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ ।कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो ।निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको अवस्थामा लिबिया,...

नेपालमा कोरोना निको हुने दर ९१.९ प्रतिशत

0
काठमाडौं । नेपालमा शनिबार २ हजार १६ कोरोना संक्रमित थपिँदा ४ हजार ९ सय संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९।१ प्रतिशत रहेको छ ।सङ्क्रमण...

बाइसिएल बुद्धशान्तिको रक्तदानमा ६९ सहभागी

0
बुधबारे । नेकपा माओवादीको भातृ संगठन वाइसिएल नेपाल बुद्धशान्ति गाउँपालिकाले आज बुधबारेमा गरेकाे रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन् । माओवादी बुद्धशान्ति गाउँपालिकाको व्यवस्थापन तथा रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा बुद्धशान्ति ३ स्थित रामजानकी मन्दिरमा भएको रक्तदानमा १३ जना महिला सहित ६९ जनाले रक्तदान गरेको पार्टीका जिल्ला सचिवालय सदस्य तथा बुद्धशान्ति इन्चार्ज राेसन तिम्सिनाले जानकारी दिनुभयाे । ने.क.पा (माओबादी केन्द्र)...

बुद्धशान्ति आइसाेलेसनमा अमेरिकाबाट तीन लाखकाे स्वास्थ्य सामग्री सहयाेग

0
बुधबारे, असार ५ । अमेरिका बस्ने बुद्धशान्तिबासी तथा बुद्धशान्ति कर्मथलो बनाई हाल अमेरिका रहनु हुने नेपाली भाषी भुटानीहरुले झापाको बुद्धशान्ति गाउँपालिकाले कोभिड सन्क्रमित बिरामीको उपचारका लागि संचालन गरेको आइसाेलेसनका लागि रू तीन लाख बढीकाे स्वास्थ्य सामग्री सहयाेग गरेका छन् । गोपाल निरौला, दिवश शिवाकोटी, हरि खरेल, त्रिलोचन खतिवडाहरुको संयोजनमा बुद्धशान्तिमा बसोबास गरि हाल अमेरिका रहनु हुने विभिन्न सहयोगी दाताहरुले सङ्कलन...

रहेनन् झापाका पुराना डाक्टर शङ्करप्रसाद उप्रेती

0
काठमाडौं । झापाका पुराना डाक्टर शङ्करप्रसाद उप्रेतीको निधन भएकाे छ। प्रसुति तथा स्त्री रोग विशेषज्ञ शङ्करप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । प्रसुति क्षेत्रमा उप्रेती झापाका पुराना तथा प्रख्यात डाक्टरका रूपमा चिनिएको नाम हो । २०१७ सालमा भारतबाट एमबीबीएस गरेका उप्रेतीले त्यसयताका करिब साढे पाँच दशक उनले झापामै रहेर बिरामीको सेवा गरेका थिए । उप्रेतीको जन्म तेह्रथुम जिल्लामा...