शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास

0
काठमाडौं । आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । विज्ञले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे...

खुशी हुने मुलुकको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बरमा

0
काठमाडौं, ७ चैत । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो । शुक्रबार जारी भएको उक्त प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । त्यस्तैगरी दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड रहेको छ । फिनल्याण्ड यो...

अंकुरण फाउन्डेसनद्वारा विद्यार्थीलाई झोला

0
इलाम । अंकुरण फाउन्डेसन नेपालले इलामको रोङ गाउँपालिकाको ज्ञानोदन आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार झोला वितरण गरेको छ । विद्यालयका ३४ विद्यार्थीलाई झोला वितरण गरिएको फाउन्डेसनका अध्यक्ष बिमल कट्टेलले बताएका छन् । उनले विद्यार्थीलाई सहज पठनपाठकका लागि संस्थाले सहयोग गरेको बताएका छन् । ज्ञानोदय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि लक्ष्मी नेपाली, शिक्षक अभिभावक संघका मनोज...

साहित्यकार ढुंगेलको ‘प्रेमकुण्ड’ बजारमा

1
तुलसीप्रसाद निरौला,बिर्तामोड । साहित्यकार, गीतकार तथा मोडल भगवती ढुंगेलको उपन्यास ‘प्रेमकुण्ड’ विमोचन गरिएको छ । लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडको आयोजनामा ‘प्रेमकुण्ड’ काे अाज विमोचन गरिएको हाे। लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष लिला मैनालीको अध्यक्षता तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष पार्वता गिरीले स्वागत गरेकी थिइन् । कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा...

साहित्यकार ढुंगेलको देश र आमा को विमोचन

0
बिर्तामोड , पुस १५ । साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृति कविता तथा गीति संग्रह देश र आमा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ । मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सह आयोजनामा भएको कार्यक्रममा उक्त कृतिको बिमोचन गरिएको हो । मातृकला साहित्य आश्रम मेचीनगरका अध्यक्ष मातृकाप्रसाद संग्रौलाको अध्यक्षता तथा प्रा.डा. टंक...

बुधबारे जेसीजका पूर्व अध्यक्ष भण्डारीले फरक ढंगले मनाए जन्मदिन

0
बुद्धशान्ति । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारीले अाफ्नाे जन्मदिन केही फरक ढंगले मनाएका छन् । आज शुक्रबार पर्न गएको जन्मदिनमा उनलेे बुद्धशान्तिको बर्नेमा रहेको मुनामदन एकाडेमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी दिपेन विस्वकर्मालाई कक्षा १२ पढ्न लाग्ने बर्ष भरिको मासिक शुल्क र शैक्षिक सामग्री प्रदान गरेका छन् । उनले जेहेन्दार दिपेनका लागि पढाइमा हाैसला मिलाेस् भन्ने उदेश्यले जन्मदिनमा केही...

प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ लोकार्पित

0
पूर्वेली। प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ कृति  लोकार्पण भएको छ । घर दलान साहित्य अभियान बुद्धशान्तिको ३३ औँ श्रृंखला तथा वार्षिकोत्सवको अवसरमा कवि न्यौपानेकै घर दलानमा यही मंसिर २७ गते शनिबारका दिन आयोजित भव्य काव्य समारोहबीच कृति लोकार्पण भएको हो ।   दिग्गज अग्रज साहित्यकार तथा शिक्षा सेवीहरुकाबीच प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईद्वारा उक्त कृति लोकार्पण गरिएको हो ।  कमर्स विषयमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापनरत रहेका बुद्धशान्ति गाउँपालिका वडा नं. १ निवासी कवि न्यौपानेको यो पहिलो पुस्तकाकार कृति हो । बाल्यकाल देखि नै कविता लेख्दै आएका उनको यो भर्खरै प्रकाशित कृतिमा समसामयीक विषयका ४४ वटा कविता समेटिएका छन् ।   घर दलान साहित्य अभियान बुद्धशान्तिको काव्य गोष्ठीहरुमा बाचन गरिएका अधिकांश कविताहरु नै यस कृतिमा प्रकाशित भएका र सो अभियानले आपूmलाई कृति प्रकाशन गर्न प्रेरणा प्रदान गरेको समेत कवि तथा कृतिकार न्यौपानेबाट जानकारी व्यक्त भयो ।   घर दलान साहित्य अभियानको ‘पहिलो वर्ष कवि’ प्रकाशचन्द्र न्यौपानेबाट सो अभियानमा नियमित रुपमा कविता बाचन हुने गरेका छन् र अग्रज साहित्यकारहरुका अनुसार न्यौपानेको सिर्जनाहरु उच्च कोटीका हुन्छन् । जसलाई सुन्न साहित्यप्रेमीहरु प्रतिक्षारत हुने गर्दछन् ।   गमलाको पीपल कविता कृतिमा, प्रा.डा. गोविन्दराज भट्टराई, मदन पुरस्कार बिजेता बरिष्ठ साहित्यकार कृष्ण धराबासी, कवि तथा गजलकार केशव आचार्य र शिक्षा सेवी गणेश निरौलाद्वारा भूमिका÷विचार लेखिएका छन् । कृति लोकार्पण कार्यक्रममा प्राध्यापक चुडामणि बशिष्ठद्वारा कृतिबारे समीक्षा गरिएको थियो । कृतिभित्रका रचना र उत्कृष्टताले समीक्षककै जाँच गर्र्ने बताउँदै कवि न्यौपानेका कविताहरुले मानव जगत लगायत यावत कुराहरुका अवस्था कृतिको नाम जस्तै गमलामा जकडिएको पीपलको जस्तै रहेको भाव व्यक्त भएको थियो ।   कार्यक्रममा, कृष्ण धराबासी, हेमराज अधिकारी र कवि न्यौपानेकी माता बिमलादेवी न्यौपानेबाट मन्तव्य व्यक्त भएका थिए ।   धराबासीबाट, कवि न्यौपानेका कविताहरुले आजका समयका आवाजहरु बुलन्द गरेका, गमलामा पीपल बन्धनमा परेजस्तै मानव स्वतन्त्रता र उदारता बन्धनमा परेका यथार्थता पोखेका विचार व्यक्त भएका थिए । रोचक र चोटीला कविताहरुले कवि न्यौपाने एक उत्कृष्ट प्रतिभा हुनसक्ने प्रवल सम्भावना रहेको विचार धराबासीबाट व्यक्त भए ।   अधिकारीबाट, कवि न्यौपानेका कविताहरुले मानव सभ्यता, देशको वर्तमान स्थिति र आम जनताका बारेमा स्पष्ट रुपमा बोलेका विचार व्यक्त भयो भने माता न्यौपानेबाट कवि न्यौपाने सानै देखि कविता लेख्ने र स्कुलमा कविता भनेर पुरस्कार स्वरुप बटुका आदि लिएर आउने गरेको स्मरण भएको थियो । प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईबाट सो कृतिका रचनाबारे विचार व्यक्त भए । कवि न्यौपानेका रचनाहरु ज्यादै उत्कृष्ट, स्पष्ट र मानव सभ्यताका यथार्थता उजागर गर्न सफल रहेका, उच्च काव्यिक गुणहरुले भरिएका विचार प्राज्ञ भट्टराईबाट व्यक्त भयो । साथै, घर दलान साहित्य अभियान बुद्धशान्तिको सह्राना गर्दै प्राज्ञ भट्टराईबाट बुद्धशान्ति लगायत झापाबाट प्रस्तावना तयार गरिए आपूmले प्राज्ञ सभामा प्रमुखताका साथ पेश गर्ने र प्रस्तावना पास गराउन भूमिका निभाउने विचार व्यक्त भयो । देशमा सात प्रदेश बनाउन मिल्ने तर प्रदेशपिच्छे एकेडेमी स्थापना गर्न चाहिँ किन नमिल्ने ? भनि डटेर प्रस्ताव गर्ने समेत विचार व्यक्त भएको  थियो ।   कार्यक्रममा, कृतिका पौडेल, अस्मिता धिमाल, राजु पौड्याल, राम आचार्य, पुष्प काप्mले, वसन्त तिम्सिना, पुरुषोत्तम ढुंगेल, राजेन्द्र रिजाल, शान्ता उप्रेती, धनबहादुर श्रेष्ठ, कालीबहादुर थापा र नारायण रिजालबाट आआप्mना रोचक रचनाहरु कविता, मुक्तक, हाइकु बाचन   गरिएका थिए । लेखक स्वयम्को प्रकाशन रहेको चिटिक्क बान्कीको यो कविता कृतिको आवरण चित्र सिर्जना एकराज प्रधानको रहेको छ ।

नमूना विद्यालय विकासका लागि छनौट भएको बुद्धआदर्श रोजाईको विद्यालय बन्दै

0
अनिल वाग्ले, बुद्धशान्ति । आफूले इच्छाइएको विषय अध्ययन गर्न चाहने अधिकांश विद्यार्थीहरु घर छाडेर टाढा जानुपर्ने वाध्यता छ । इच्छाइएको विषय अध्ययन गर्न नपाउँदा रुची नै नभएका विषय अध्ययन गर्नुको पीडा धेरै विद्यार्थीले बेहोर्नु परिरहेको छ । जसले कुनै खास विषयमा विज्ञता हासिल गर्न सक्ने दक्ष जनशक्ति अन्त्यै हराउनु परिरहेको छ । विद्यार्थीले इच्छाइएको विषय अध्ययन गर्न पायक पर्ने ठाउँमा...

महामारीले रुमलिएको शैक्षिक क्षेत्र

0
नवराज हुमागाई कोरोना महामारी अर्थात कोभिड–१९ चीनको हुवेइ प्रान्तको बुहान शहरमा बि.स. २०७६ षौष १ गते तत् अनुसार ई.सः २०१९ डिसेम्वर १७ मा देखिएको अर्थात त्यहिँबाट सुरुवात भएको मानिन्छ । सामान्य लक्षण देखाउँदै कोभिड–१९ ले विश्वलाई नै आतंकित बनाउने गरी फैलिन थाल्यो । श्वासप्रश्वासलाई असहज पार्दै रुघा खोकी हुँदै ज्यानै लिने यस भाइरस कोहि कसैको बसमा छैन भन्ने पनि हामीलाई थाहा...

बुद्धशान्तिमा पहिलो पटक सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई तालिम

0
बुधबारे । बुद्धशान्तिका सामुदायिक तथा निजि बिद्यालयका शिक्षकहरुलाई बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाले तालिम प्रदान गरेको छ । नेलटा झापाकाे प्राबिधिक सहयोगमा भएको तालिममा विभिन्न ६ वटा विषयवस्तुमा दैनिक तीन घण्टाको दरले तालिम संचालन गरिएको थियो । तालिम आज समापन भएको छ । तालिममा प्रशिक्षकहरु धर्मेन्द्र भट्टराई, टीका प्रसाद सुवेदी,जेनि राई, केशव प्रसाद उप्रेती, लोकबहादुर खत्री, गुणराज नेपाल र टंकप्रसाद भट्टराईले...