सांग्रिला बैंककाे करफाेकमा बित्तीय साक्षरता कार्यक्रम

इलाम । सूर्योदय नगरपालिका वडा नं. १० फिक्कलमा शाखा कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि. ले आफ्नो १७ औ बार्षिकोत्सबको क्रममा करफोक बहुमुखी क्याम्पसमा १ दिने बित्तीय साक्षरता कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

बैंकका कर्मचारी उमेश ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा शाखा कार्यालय फिक्कलका शाखा प्रवन्धक अर्चन ढुंगानाले बित्तीय साक्षरता, शेयरसम्बन्धी जानकारी गराउनुभएको थियो ।

बैंकको परिचय तथा बैंकको सेवा सुबिधाको बारेमा कर्मचारी उमेश ढुङ्गेलले प्रकाश पार्नुभएको थियो । क्याम्पसका प्राचार्य जहरसिंह राईले कार्यक्रमको समापन मन्तब्य दिई उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here