बुधबारे जेसीजको भवन निर्माण जारी

बुधबारे, असाेज २० । बुधबारे जेसीजको सचिवालय भवनको निर्माण कार्य जारी छ । ५० लाख माथिको लागतमा निर्माण सम्पन्न गर्ने योजना सहित तीनतले भवनको निर्माण कार्य जारी रहेको हो ।

सबैको अपनत्व रहने गरि साझा लगानीमा निर्माण गर्ने लक्ष्यका साथ बुधबारे जेसीजले भवन निर्माणका लागि ‘मेरो पनि योगदान छ’ अभियान नै सञ्चालन गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिएका छन् । सो अभियानमा धेरैले सहभागिता जनाएका छन् ।

सामुदायिक भवन भएकाले सबैको धेरथोर लगानी भयो भने साझा अपनत्व हुनेहुँदा ‘मेरो पनि योगदान छ’ अभियान चलाइएको अध्यक्ष वाग्लेले बताएका छन् ।

बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राईको संयोजकत्वमा भवन निर्माण उपसमिति गठन गरि सोही उपसमितिले भवन निर्माण गरिरहेको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् ।

भवन निर्माणका लागि हालसम्म जिन्सी र नगद गरी १८ लाखको प्रतिबद्धता जुटेको बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here