`माधव नेपाल एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार´

काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टी विभाजनको मुख्य योजनाकारको संज्ञा दिएको छ। एमालेको राजनीतिक प्रतिवेदनमा विभाजनका मुख्य योजनाकार नेपाल रहेको भन्दै औंल्याइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरूद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा सङ्लग्न थिए ।२०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए।

एमाले नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरूमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरूलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरूको सेवामा समर्पित गर्न उनीहरूबाट भएका गतिविधि सार्वजनिक नै छन् ।’

प्रतिवेदनमा भनिएको छ, ‘निहित स्वार्थ, कुण्ठा र प्रतिशोधको जगमा उभिएको तथा विपक्षी शक्तिहरूको दुरूत्साहन र योजनामा जन्मिएको यस समूहप्रति पार्टीका अधिकांश नेता, कार्यकर्ता र आम जनताको आपत्ति, आक्रोश र तिरष्कार छ। एउटा उचाइमा पुगेको कम्युनिस्ट आन्दोलनलाई कमजोर गर्ने यस समूहका अवसरवादी, विभाजनकारी र आन्दोलन विरोधी चरित्रलाई जनस्तरसम्मै खण्डन, आलोचना र भण्डाफोर गर्नुपर्छ। आन्दोलनलाई समाप्त पार्ने योजनालाई विफल पार्नुपर्छ।’

एमालेलाई विभाजन गराउन र उनीहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको भन्दै कानुनसम्मत प्रतिवाद गर्ने प्रतिवेदनमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here