जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा, क-कसले लिन पाउँछन् ?

२९ श्रावण – नेपाल राष्ट्र बैंकले विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई ऋण दिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै विभिन्न पेशा व्यवसायमा रहेकालाई व्यावसायिक निरन्तरता कर्जा उपलब्ध गराउने घोषणा गरे।

डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक, अन्य कर्मचारीले यो ऋण पाउनेछन्। यस्तो ऋण २५ लाख रुपैयाँसम्म प्रदान गरिने मौद्रिक नीतिमा उल्लेख छ।

यस्तो कर्जाको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने नीतिमा उल्लेख छ। धितो आवश्यक पर्ने यो ऋण २ वर्षका लागि उपलब्ध हुनेछ।

त्यसैगरी, राष्ट्र बैंकले महिला उद्यमीलाई विनाधितो उपलब्ध गराउने ऋणको सीमा पनि बढाएको छ। यसअघि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको यस्तो ऋण अब २० लाखसम्म उपलब्ध हुनेछ। यसका लागि धितो भने अनिवार्य गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here