पाठकको सद्भावले हामी उत्साहित छौं, जनचासोका विषयवस्तु अझ बढी पस्कने बाचा गछौं

तीर्थ तिम्सिना/ झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आप्mनो प्रकाशनको ५ औँ वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ । बि.सं. २०७१ सालमा स्थापना भएको पत्रिकाले सफलताका साथ ५ वर्ष पूरा गरेको हो ।

जिल्लाको उत्तरी भेगमा सञ्चार माध्यमको विकास नभएको बेला बुद्धशान्ति गाउँपालिकालाई आप्mनो मुख्य कार्यक्षेत्र बनाई  कार्यालय स्थापना गरि जनतालाई सुसूचित पार्ने उद्देश्यले निरन्तर प्रकाशन भइरहेको छ ।

पछिल्लो समयमा स्थानीय स्तरदेखि लिएर प्रदेश तथा केन्द्रको विकास निर्माण शिक्षा, स्वास्थ्य, संस्कृति, परम्परा र पर्यटनका साथै यहाँका समुदायको जीवनशैलीलाई विश्वस्तर सम्म पु¥याउँदै सञ्चालनमा आएको पूर्वेली साप्ताहिक प्रेस काउन्सिल नेपालबाट ‘ख’ बर्गमा सुचिकृत भई अहिले झापा जिल्लामै लोकप्रिय पत्रिकाको रुपमा स्थापित हुँदै आएको छ ।

झापा जिल्लाका विभिन्न स्थानीय तहमा तथा इलामका केही  स्थानमा प्रत्यक्ष वितरण हुँदै आएको पत्रिकाकालाई प्रविधिको विकाससँगै केही समयअघिबाट अनलाइन समेत शुरु गरिएको छ । न्यूज पूर्वेली अनलाइन पोर्टल मार्फत  विश्वभरका आम पाठकमाझ आप्mनो पहुँच कायम गर्न सफल हुँदै गएको छ ।

नेपाली पत्रकारिताको इतिहास लामो छ । पत्रकारिताको इतिहास लामो भएता पनि प्रतिस्पर्धात्मक र व्यावसायिक बन्न थालेको धेरै लामो भएको छैन । धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको पूर्वेली साप्ताहिकका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण थियो र अझै पनि छ ।

डिजिटल मिडियाको व्यापक विकास र विस्तार भइरहेको यो समयमा पाठकका लागि विभिन्न विकल्प उपलब्ध छन् । त्यसैले पत्रकारितालाई अझ विशिष्टी–    करणतर्फ अगाडि बढाउन हामी प्रतिबद्ध छौं । ता कि मिडियाको भीडबाट हाम्रा पाठकले अझ उत्कृष्ट, निष्पक्ष र रोचक सूचना सामग्री प्राप्त गर्न सकून् । सिद्धान्ततः पत्रकारले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ । तर, अधिकांश स्थानीय निकाय देखि लिएर केन्द्रीय सरकारसम्म मिडियालाई आप्mनो प्रचारप्रसार टोलीका रुपमा हेर्न चाहन्छन् । केही मिडिया यसको हिस्सा बन्छन् पनि । तर, हामीलाई थाहा छ, हाम्रा पाठक सत्य जान्न चाहन्छन्, न्यूज रुममा उत्पादन गरिएका कृत्रिम कथा होइन, न त कसैको प्रचार नै । पाठकको यही रुचि साँचो र असल पत्रकारिताका लागि हौसला बन्छ ।

अर्कोतिर, डिजिटल मिडियाको बाढी, समाचार ब्रेक गर्ने होड, भिजिटर बढाउने र भाइरल हुने मोहले उत्तरादायी पत्रकारितामा नकारात्मक प्रभाव पारेको छ । तर हामी सामाजिक रुपान्तरणका लागि, जनहितका लागि र सत्य स्थापित गर्नका लागि यो होडबाजीभन्दा पर थुप्रै नभनिएका, नखोजिएका तथा ओझेलमा परेका कथा पत्रिका मार्फत पस्किने प्रयत्न, प्रयास गर्नेछौँ र गरिरहेका छौं । 

नेपालमा परम्परागत मिडियासँगै सयौंको संख्यामा अनलाइन डिजिटल पत्रिकाहरु भए पनि भन्न बाँकी कथा धेरै छन् । कसैले नसुनिदिएका तर सुन्नैपर्ने आवाज प्रशस्त छन् ।  हाम्रो चेतनाका अंश बनिसकेका ती कथा र आवाजलाई कलमका माध्यमबाट समेट्दै हामी अघि बढ्ने नै छौं। अहिले विश्व कोभिड– १९ को महामारीबाट संकटग्रस्त  छ । यसले पत्रकारिताको आयाममा पनि परिवर्तन ल्याउँदै छ। रिपोर्टिङका तरिकामा व्यापक रुपमा फेरबदल आएको छ । यो महामारी र बन्दाबन्दीको चुनौतीका बीच बदलिएको परिस्थितिमा हामी हाम्रा पाठकलाई न्यूज पोर्टल तथा पत्रिका मार्फत निरन्तर सुसूचित गराइ रहनेछौं । छैटौं वार्षिकोत्सवको  यो विशेष अवसरमा हामी हाम्रा पाठकसँग जिम्मेवार र व्यावसायिक     पत्रकारिताको प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा आइपुग्ला कि नपुग्ला भन्दाभन्दै आज यो हाम्रो घरकै दैलोभित्र छिरेको छ । कोरोना भाइरसको कारणबाट सञ्चारगृह पनि अछुतो रहेन । स्वाभाविक रुपमा अहिलेको अवस्थामा हाम्रा लागि आप्mनो स्वास्थ्य नै पहिलो प्राथमिकता हो। समयको यो जटिलताबाट तंग्रिएपछि हामी आगामी दिनमा भव्य रूपमा वार्षिकोत्सव मनाउने नै छौँ । यस पटक भने जस्तो गर्न सकिएन ।

पूर्वेली साप्ताहिक पत्रिकाले आप्mनो प्रकाशनको पाचौं बर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरिरहँदा म पनि यसै पत्रिकामामा जोडिन पाएको तीन वर्ष बितिसकेछ । ५ वर्ष अघि झापाबाट प्रकाशित हुने विवेचना दैनिकबाट पत्रकारिता शुरु गरेको मैले आप्mनै क्षेत्रबाट प्रकाशित हुने पूर्वेली साप्ताहिक पत्रिकामा काम गर्न अवसर पाए । शुरुमा डेस्क प्रतिनिधिको रूपमा नियुक्ति पाएको मैले गरेको मेहेनत अनि लगनशिलतालाई हेरेर आदरणीय दाई पत्रिकाका सम्पादक अनिल वाग्लेले मलाई सह–सम्पादकका रुपमा अवसर दिनुभयो । जुन अवसर पाएपछि अझ कामप्रतिको लगाव बढ्यो । आजसम्म म               सह–सम्पादक भएर कुशलतापुर्वक कार्यक्षेत्रमा तल्लिन छु । यही अवसरले गर्दा आज समाजमा फरक किसिमले परिचय दिन पाएको छु । जुन अवसरलाई कहिल्यै भुल्ने छैन । समाज प्रति थप जिम्मेवार भएको छु ।

त्यसमा पनि यस पेशामा शुरुमा लाग्न प्रेरित गर्नुहुने आदरणीय मेरा सर लोकबहादुर माझीलाई बिशेष धन्यवाद दिन चाहन्छु । उहाँकै प्रेरणाले आजसम्म यहाँ सम्म आउन सफल भएको छु । यस आजको विशेष अवसरमा आवाजविहिनको आवाज भई सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अझै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

अन्त्यमा,  निरन्तर प्रकाशनमा रहेको तपाईं हाम्रो समाजको गहना पूर्वेली साप्ताहिक लाई सफल बनाउन सहयोग पु¥याउनुहुने सञ्चालक समिति, पूर्व सञ्चालक समिति, विज्ञापनदाता, समाचारदाता, संचारमाध्यम ,पत्रकार, लेखक, वितरक, पाठकप्रति आभार र शुभकामना व्यक्त गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here