आज साउन १५, खिर खाने दिन

पूर्वेली । नेपाली चलन र संस्कृति साच्चिकै अनुपम र मौलिक रहेका छन् । किनकि ती सबै संस्कृतिभित्र नेपालीपन त छन् नै,साथमा त्यसको समय सान्दर्भिकता पनि उत्ति नै उचो पाईन्छ  ।

आज साउन १५ गते नेपालीहरुको सांस्कृतिक परम्परा अनुसार आज खिर खाएर मनाइदै छ । कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।

असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।

वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने प्रचलन छ ।

परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।
परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुणिर्णामा यमरी खाने चलन नेवार समुदायमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here