~ गजल ~

तिम्लाई भेट्ने ईच्छा लक डाउनले चिरा पर्यो

कोरोनाको बारे सोच्दा दिमाग मेरो किरा पर्यो

तिम्लाई थाहा छ आज चिनिको दाना गन्दै गर्दा
भन्छन् कोरोनाको दबाई अदुवा र जिरा पर्यो

त्यस पछि त झन – झन जोसिएर गन्न थाले
सुन नि होइन चाँदी पनि होइन हिरा पर्यो

गल्दै थिए झुक्किएर हात चाटे झेली नभन्नु
थचक्क बस्दा कसरी तातो तेलको पिरा पर्यो

यो लक डाउन र चिनिको दानाले पनि वाक्कै
लाग्दैछ अब त यो ज्यानलाई नै धमिरा पर्यो ।

~ निसुम शुक्र चङबाङ
फालेलुङ पान्थर ।

Facebook Comments