~ गजल ~

सिताको लागि मर्न सक्ने रामहरु जलाए
बिना औकातका ती तामझामहरु जलाए

धेरै सहे चोटहरु जिन्दगीमा व्यर्थै मात्र
बेकारमा सम्झी रहने कामहरु जलाए

तिम्रो मेरो बिगत जति अमुल्य भए पनि
सम्बन्धका तिनै महँगो दामहरु जलाए

शब्द – शब्दमा सम्झनाका रेखाहरु बटुल्दै
तिमिले कोरेको चिठी र खामहरु जलाएर

मुस्कुराएरै सदाको लागी बिदा दिनलाई
तिम्रो र मेरो जीवनका नामहरु जलाए ।

~ निसुम शुक्र चङबाङ
फालेलुङ पान्थर ।

Facebook Comments