सामाजिक कार्यमा फुँयल र ओडारी

823

रोसन भट्टराई । नेपालबाट केही वर्ष अघि युएसए गएका भुटानी शरणार्थी भागवत फुँयल यतिबेला सामाजिक कार्यमा सक्रिय भएका छन् । केही समय अघि नेपाल आएका उनले विभिन्न स्थानका विद्यालय, वृद्धाआश्रम र अनाथ आश्रम करिब ३ लाख बराबरको सहयोग गरेको बताइएको छ ।
अन्य व्यक्तिमार्फत सहयोग रकम दिँदा उपयुक्त ठाउँमा नपुग्ने तथा सहि कार्यमा सदुपयोग नहुने डरले उनी आफैँ नेपाल आएर विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरेर गएका थिए ।

Bhagawat Phuyal


करिब ११ वर्ष अघि नेपाल छोडेका फुँयल यति बेला अमेरिकामा व्यवसायी भइसकेका छन् । नेपाल छोडेर गए पनि यहाँको प्राकृतिक, सांस्कृतिक सम्पदाहरुले आफूँलाई सदैव मोहित तुल्याउने भएकाले यहाँका मानिसहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको उनको भनाइ छ । धेरै नेपालीहरु आफ्नो मातृभूमी छोेडेर गएपछि नेपाललाई चटक्कै बिर्सिने तथा फर्केर नआउने भएता पनि उनले नेपालमा धेरै सामाजिक कार्य गरेका छन् तथा भविष्यमा पनि सदैव नेपालको हितमा सोच्ने र आफ्नो ठाउँबाट हुनसक्ने भरपुर सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

Leelish Odari


आफूँ अमेरिकामा रहेकाले नेपालको कस्तो कस्तो ठाउँहरुमा समस्या रहेको तथा आफूँले कस्तो स्थानमा सहयोग गर्दा प्रभावकारी हुने जानकारी नभएता पनि नेपाल स्थित झापा बिर्तामोडका १६ वर्षिय उनका भाई लिलिस ओडारीको सहयोगले आफूँले विभिन्न स्थानहरुमा सहयोग गरेको बताइएको छ । यता ओडारी पनि सानै देखि सामाजिका कार्यमा रुची राख्ने व्यक्ति हुन् । सानै उमेर देखिनै अर्कोको दुःख देख्न नसक्ने आडारीले पनि यस अघि धेरै सामाजिक कार्यहरु गरेको बताइएको छ । तथा आफ्नो सम्पर्कमा देश बाहिर रहेका धेरै समाजसेवीहरुको सहयोगमा आगामी दिनमा पनि नेपालमा रहेका विविध समस्याहरुलाई आर्थिक सहयोग मार्फत समाधान गर्ने ओडारीको लक्ष्य रहेको छ ।

Facebook Comments