आर. एन. चौधरी ~

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा अहिले कोरोना भाइरसको कहरले मलेसियन नागरिकको ज्यान जाने क्रम दिनप्रतिदिन बढ्दै गैइरहेको छ । आज बुधबार सम्म मलेसियामा कोरोनाको कारण ४५ जनाको मृत्यु भैइसकेको छ्न , भने करिब-करिब ३ हजार मानिसमा संङ्क्रमण फेला परेको तथ्यांक सार्वजनिक भएका छ्न।
यता भने केही दिन अगाडी दुई नेपाली श्रमिकको विभिन्न कारणबँस मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली श्रमिकको दु:खद निधन भएको जानकारी प्राप्त भएको छ ।
जोहोर राज्यमा पर्ने केलुआङ भन्ने ठाउँमा अवस्थित गौसेरा टाईल्स इन्डस्ट्रीज केलुआङ एसडिएन बिएचडी ( Goucera Tiles industries keluang sdn bhd ) नामक कम्पनीमा कार्यरत नेपाल ठेगाना मोरङ बताइएको ४३ बर्षिय राम लखन यादव(मण्डल)को मंगलबार साझ मृत्यु भएको छ।
राम लखन बिगत ३ बर्ष देखी मलेसियामा कार्यरत रहेका थिए भन्ने जानकारी मृतककैसंगै एउटै कम्पनीमा काम गर्ने नेपाली चन्द्र दाहालले बताउनु भयो । उनले बताए अनुसार अहिले मलेसिया सरकारले कोरोना नफैलियोस भनेर जारी गरेको मोभमेन्ट कन्ट्रोल अर्डर( लकडाउन ) लाई फ्लो गर्दै हाम्रो कम्पनीले गएको महिना मार्च १७ तारिखदेखीनै छुट्टि दिइएकोले हामी कतै यताउता जान समेत नमिल्ने भएकोले रुममै सेफ बसिरहेका थियौं तर हिजो मार्च ३१ तारिख मंगलबार मृतक राम लखन साझ करिब ०५:०० बजेतिर अच्चानक बेहोस भैइ कोठामै ढलेको दाहालले बताए ।
लगतै उनलाई उपचारको लागी नजिकैको स्वास्थ्यचौकीमा लगियो तर स्वास्थ्यचौकीले एकघन्टा पश्चात् हृदयघात ( heart attack ) आएको हुनाले तुरुन्तै अस्पताल लग्न सुझाव दिएपछि उनलाई नजिकैको अस्पतालमा रिफर गरिएको केही समयमा डाक्टरले मृत घोषित गरेको र अहिले उनको पोस्टमार्टम भैइरहेको रिपोर्ट आउन बाकी रहेको चन्द्र दाहालले बताउनुभयो ।
मृतक राम लखनको घरमा श्रीमतीसंगै एक छोरा र दुई छोरी रहेको जनाइएको छन भने उनी आफ्ना जेठी छोरीको बिहे नजिकिदै गरेको नेपाली नयाँ बर्षको बैशाख महिनामा गराउने तयारीमा समेत रहेको कुरा चन्द्र दाहालले खुलाए।

( मलाया खबर बाट )

Facebook Comments