सरोज निरौला, उर्लाबारी २५ जेष्ठ

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा रहेकोे मंगलबारे अस्पतालको नाम परिवर्तन गरेपछि स्थानियले बिरोध गरेका छन् । प्रदेश नम्बर १ सरकारले आफ्नो स्वामित्वमा रहेको मंङगलबारे अस्पतालकोे नाम परिवर्तन गरि मदन भण्डारी नामकरण गरेपछि मंङगलबारे वासि विरोधमा निस्किएका हुन । उनिहरुले प्रदेश सरकारले अस्पतालमा ट्रमा सेन्टर बनाउने कार्य आफुहरुलाइ मान्य भए पनि अस्तालको नाम परिवर्तन गरिएकोमा भने सहमति राख्न नसकिने बताएका छन् । उनिहरुले प्रदेश सरकारले नाम नसच्याए सम्म आन्दोलन जारी रहने बताए । अस्पताललाई राजनितीकरण गर्न खोजेको भन्दै आफुहरु निरन्तर रुपमा विरोधमा आउने पनि बताए । यसै गरि उनिहरुले भारतले नेपालि भुमि मिच्दा चुपचाप बस्ने प्रदेश सरकार अहिले मदन भणडारीको नाम हालेर अस्पताललार्ई रानितिको अखडा बनाउन खोजेको स्थानियले आरोप लगाएका छन् । प्रदर्शनकारीले मङगलबारे को पहिचान माथि ठाडो आक्रमण भएको बताए । उनिहरुले प्रदेश सरकारले उर्लाबारी नगरपालिकाको पनि नाम परिवर्तन गर्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गरका छन् । करिब डेढ सयको संख्यामा रहेको बिरोध र्याली सुनपकुवा मावि हुँदै थापाचोक सम्म पुगी पुन मंगलारे असपताल अगाडि कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै स्थानिय युवा रोहित कार्की ले मङगलबारे अस्पतालको को नाम मेटिएको प्रती दुख लागेको र यो मान्य नहुने बताए ।उनले प्रदेश सरकारले आफनो गल्ती सुधार गर्नुृ पर्ने बताए । स्थानिय समाजिक अगुवाहरुले अस्पताललाई राजनीतिक थलो बनाउनु नहुने, पहिलेको नाम बाटै अस्पताल सञ्चालनमा ल्याउनु पर्ने लगायतका आफ्ना धारण राखेका थिए । विरोधमा उत्रिएका स्थानियले अस्पतालको नाम परिवर्तन बिरुद्ध हस्ताक्षर अभियान समेत सञ्चालन गरेका छन् आजको हस्ताषर हभियानमा ३० जना भनदा बढिले हसताक्षर गरेका छन् । स्थानीयहरुले भलि पनि ११ बजेबाट विरोध कार्यक्रम गरिने र सबैलाई कार्यक्रममा सहयोग गर्न आग्रह गरेका छन् ।

Facebook Comments