निसुम शुक्र चङबाङ (काठमाडौं )-
फालेलुङ गाउँ पालिका ( साविक – मेमेङ ) पाँचथर बाट रोजगारी तथा विभिन्न रुपले मलेसियामा रहेका श्रमिकहरुको साझा संस्था प्रवासी मेमेङ समाज मलेसिया द्वारा निकालिएको भित्ते पात्रो बिमोचन तथा सार्बजनिक गरि बितरण गरिएको छ ।
महेन्द्र केरुङ अध्यक्ष रहेको प्रवासी मेमेङ समाज मलेसिया को नेपालको सम्पर्क समिती मार्फत सार्बजनिक तथा बिमोचन गरिएको हो ।
भित्ते पात्रो समयमै निकालिएता पनि बिश्व कोरोना भाइरसका कारण ढिलै भए पनि नेपाल सम्पर्क समितिका अध्यक्ष महेन्द्र केरुङ लिम्बुको अध्यक्षतामा असार २५ गते एक कार्यक्रम गरि फालेलुङ ३ को वडा कार्यलयमा वडा अध्यक्ष वीर बिक्रम थाम्सुहाङ द्वारा बिमोचन तथा सार्बजनिक गरिएको छ ।
स्थानीय समाज सेवी कुमार अधिकारी , मित्रलाल साप्कोटा लगायत स्थानीयको उपस्थितिमा बिमोचन तथा सार्बजनिक गरिएको हो ।
प्रवासी मेमेङ समाज मलेसियाले बिगतमा विभिन्न दु:खी पीडितहरुलाई लाखौ लाख सर-सहयोग गरि रहेको पनि छ । र यसरी नै हरेक बर्ष नेपाली नयाँ बर्षमा पात्रो निकाल्दै आइ रहेको र फालेलुङ गाउँ पालिकाको साविक मेमेङमा पर्ने सबै गाउँ का प्रत्येक घरलाई हरेक बर्ष नि:शुल्क पात्रो बितरण गर्दै आइ रहेकोमा यस बर्ष पनि फालेलुङ गाउँ पालिकाको साबिक मेमेङ अन्तर्गतका मच्छेबुङ, थकेपुङ ,नाम्लुवा, ताङलेपा, माङलेबुङ, खोलाघारी, मेमेङ, गुरुङगाउँ , च्याम्फुवा खुरबुक का सबै घरलाई पात्रो निशुल्क बितरण गरिने बताईएको छ ।

Facebook Comments