राजन चङबाङ –

चङबाङ साँबा उत्थान समाज नेपालको मेमेङ सिदेन उप समिति पाँचथर द्वारा चङबाङ साँबा अन्तराष्ट्रिय भेटघाट कार्यक्रमको आयोजना फाल्गुन २ गते फालेलुङ गाउँ पालिकाको वडा न. ३ थकेपुङ पाँचथरमा बिर्खराज चङबाङ साँबा को अध्यक्षतामा सम्पन्न भएको छ । चङबाङ साँबा ( लिम्बू ) हरुको पुर्खौली जन्म थलो ताप्लेजुङ भएता पनि विभिन्न कारण हाल देशको विभिन्न जिल्ला तथा नेपाल बाहिरको मुलुकमा समेत बसोबास गर्दै आउनु भएका चङबाङ साँबा हरुलाई एकताको सुत्रमा बाधी विभिन्न सर सल्लाह तथा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो । फालेलुङ गाउँ पालिका पाँचथर अन्तर्गत विभिन्न राजनैतिक दल तथा संघ संस्थामा आबद्ध विशिष्ट महानुभवहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रममा फालेलुङ गाउँ पालिका अध्यक्ष श्री सन्च कुमार केरुङ प्रमुख अतिथि तथा चङबाङ साँबा उत्थान समाज नेपालका केन्द्रिय अध्यक्ष बुद्धि चङबाङ साँबा विशिष्ट अतिथि रहेको सो कार्यक्रममा याक्थुङ ( लिम्बु ) संस्कृति झल्किने विभिन्न नाच गान सहित सुरु भएको सो अन्तरक्रिया कार्यक्रम पवन चङबाङ साँबा ले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments