कोरोना भाइरसले बिश्वलाई आतंकीत मात्र पारेन । लाखौको ज्यान समेत लिइ सकेको छ । नेपालमा पनि यसको प्रभाव परे संगै हाल नेपाल सरकारले पुरै देश लक डाउनमा राखेकोले नेपाली जनजीवन निक्कै प्रवावित पारेको अवस्थामा पाँचथरको फालेलुङ गाउँपालिकाले एघार सय वढि परिवारलाई राहात वितरण गर्देछ ।लकडाउनको कारण काम गर्न नपाएको मजदुर,अति विपन्न परिवारलाई लक्षित गरी १ हजार १ सय ४३ परिवारलाई राहात वितरण गर्न लागेको गाउँपालिका प्रमुख संच कुमार केरुङले बताउनुभयो ।
अहिले धमाधम राहात वितरणको काम अघि वढेको पालिका उपप्रमुख हिमा अधिकारीले बताउनुभयो । पालिकाको वडा नम्बर १ का १ सय ३८ परिवार,२ नम्बर वडाका १ सय ६५, ३ नम्बर वडाका १ सय ५१ परिवार,४ नम्बर वडाका १ सय ५५ परिवार,६ नम्बर वडाका ७१ परिवार,७ नम्बर वडाका १ सय ४४ परिवार र ८ नम्बर वडाका १ सय ८१ गरी कुल १ हजार १ सय ४३ परिवारलाई राहात वितरण गर्न लागिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद चौहानले बताउनुभयो ।
उहाँका अनुसार मंगलबार १,२ र ५ नम्बर वडामा राहात वितरण थालिने भएको छ । चाँडै राहात वितरण गसिक्ने वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रवक्ता जीवनकुमार राईले बताउनुभयो ।

Facebook Comments