– लक्ष्मी गौतम –
पाँचथर :: पाँचथरको फालेलुङ गाँउ पालिका वडा नम्वर ६ आहाल भन्ने स्थानमा निर्माण शुरु गरिएको संग्रहालयको काम भारतीय सिमा सुरक्षा बल –९एसएसबी० ले रोकिदिएको छ । सिमाना भन्दा एकसय मिटर भित्र नेपाली जमिनमा निर्माण शुरु गरिएको पर्यटकीय संग्रहालय बनाउन थालिएको जग्गा भारतको जमिनमा पर्ने दाबी गर्दै एसएसबीले रोकिदिएको हो ।
डिभिजन बन कार्यालय पाँचथरबाट प्राप्त १० लाख रुपैंया बजेटबाट त्यहाँ स्थित सन्दकपुर आहाल चौरी पालन कबुलियती समूह –क ले बैशाख २४ गतेदेखि उक्त भवन निर्माण गर्न थालेको थियो ।
भवनको जग खन्ने काम अगाडी वढाइरहँदा २६ गते आएका भारतीय सुरक्षाकर्मीले काम रोक्न भनेको समूहका अध्यक्ष नरबहादुर खपाङगीले जानकारी दिनुभयो ।
एसएसबीहरुले निर्माणाधिन क्षेत्र मात्रै नभएर नजिकै रहेको ५७ नम्वर जंगे पिल्लर समेत भारतकै भूमिमा रहेको दाबी सहित भवन बनाए भत्काइदिने सम्मको चुनौती दिएका थिए । सोहि स्थान नजिकै रहेको ५७।४ नम्वरको सहायक पिल्लर पनि गायब गरिएको स्थानीयको आरोप छ ।
पर्यटन प्रवर्धनका लागि निर्माण शुरु गरिएको उक्त संग्रहालयमा त्यहाँ रहेका सबै जातजातीका मौलिक सस्कृति र परम्परागत सामग्रीसँगै सास्कृतिक वस्तुहरु राख्ने योजना रहेको समूहका सचिव राजेन्द्र राइको भनाइ छ ।
एसएसबीले काम रोक्न भनेपछि समूहले फालेलुङ गाँउ पालिका र डिभिजन बन कार्यायलयलाई जानकारी गराएको थियो । हिजो –९ मंगलवार ० गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङ र प्रहरी र स्थानीयले उक्त क्षेत्रको अवलोकनसँगै एसएसबिका अधिकारीसँग छलफल गरेको छ ।
छलफलमा थोकुम,सन्दकपुर र जौवारी क्षेत्र हेर्ने भारतीय सुरक्षाबलका इन्चार्ज रिङकल कुमारको टोलीले उक्त भुभाग भारतकै भएको अडान दोहो¥याएको थियो ।
यद्धपी एसएसवीले ५७ नम्वर पिल्लर सहित आसपासका क्षेत्र भारतीय भूमिमै रहेको नक्सा समेत ल्याएर निर्माण गर्न नदिने अडान कायम राखेको पालिका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिनुभयो ।
‘भारतीय सुरक्षाकर्मीले नयाँ नक्सा बोकेका थिए जस्मा ५७ नम्वरको जंगे पिल्लर समेत उतैको जमिनमा घुसाइएको पाइयो, ५७।४ नम्वरको सहायक पिल्लर पनि गायब गरिएको रहेछ , दशगजा क्षेत्र भन्दा एकसय मिटर भित्र बनाउन थालिएको भवनको काम पनि रोक्न भनेको गुनसो आएपछि हामी त्यहाँ पुगेका हौं ।’ अध्यक्ष केरुङले भन्नुभयो ।
उक्त क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको बर्षौदेखि एकलौटी छ । ग्वाला समूह बाहेक नेपाल तर्फ सुरक्षा संयन्त्र कमजोर हुँदा उनीहरुले नेपाली भूमी मिच्नका साथै आफुहरुलाई भारत सरकारले आधार कार्ड उपलव्ध गराएर रासन सुविधा दिने सम्मका आश्वासन दिने गरेको स्थानीय बताँउछन ।
स्थलगत अध्ययनपछि फर्केका केरुङले स्थानीय स्तरबाट समस्या समाधान गर्न नसकिने निष्कर्ष सहित जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रलायलाई अवगत गराउने बताउनुभयो । पाँचथरका प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाँइले भारतले अवरोध गरेको विषयमा जानकारी भएकाले गृह मन्त्रलायमा पत्राचारको तयारी भइरहेको बताँउनुभएको छ । ( मितेरी. कम बाट )

Facebook Comments