महेन्द्र केरुङ
कोरोना भाइरस अर्थात ( covid -19) नियन्त्रण तथा रोकथामका लागि बिस्वब्यापी रूपमा लकडाउन गरिए संगै नेपाल मा पनि देशब्यापी लकडाउन गरिएको छ। बिस्वब्यापी महामारी को रुप लिएको कोरोना भाइरस को कारण प्रत्यक्ष प्रभावित भइ जटिल आर्थिक समस्या मा परेका सर्लाही जिल्ला को इस्वरपुर नगरपालिका वाड न – १२ का ३० घर धुरी लाई रु, ३२,१६० /- रुपैया बराबर को राहत वितरण गरेको थियोे ।
परियार एकता समाज सर्लाही र रामेछाप अभियान ले हिजो २०७७-०३-०६ गते शनिबार का दिन सर्लाही जिल्ला को इस्वरपुर – १२ मा बिपन्नताको आधारमा राहत वितरण गरेको थियोे ।उक्त राहत जुना परियार ,रन्जन परियार,र बलराम परियार को रोहवरमा स्थानीय समाजसेवी हरी बहादुर लुङेली,प्रमोद बराल,मदन बि क को उपस्थितिमा राहत वितरण सम्पन्न भएको थियोे ।
परियार एकता समाज सर्लाही रामेछाप को यो राहत सहयोग अभियान मा परियार एकता समाज सर्लाहीका अभियन्ता समाजसेवी प्रेम कुमार दर्नाल हाल साउदी बाट रु, १०,००० /- ,परियार एकता समाज रामेछापका अध्यक्ष बिमल परियार हाल कतार बाट रु, १०,१६० /- र परियार एकता समाज सर्लाहीका अभियन्ता तथा जि एस समाज मलेसिया का अध्यक्ष समाजसेवी राम परियार हाल मलेसिया बाट रु , १२,००० /- गरि जम्मा रु, ३२,१६० संकलन भएको थियोे ।

Facebook Comments