काठमाडौं : हालसम्म ३५७ जनालाई कोरोना संक्रमण भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
सोमबार बाँकेमा ४७ जना, रौतहटका ८, बाराका १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ गरी ६२ जना कोरोना संक्रमण भए।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृत्यु भएको छ।

Facebook Comments