रोजगारीको सिलसिलामा मलेसियाको जोहोर बारक्क टोमिप्याक फेक्सिबल प्याकेजिङ sdn bhd प्रीन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रुपमा कार्यरत नवलपरासी सुनौलका धन बहादुर थाडा मगर को गए राती मलेसियामा निधन भएको छ ।
रोजगारीको सिलसिलामा बिगत ९ बर्स देखि मलेसियामा कार्यरत धन बहादुर थाडा मगर को हृदयघात का कारण मृत भएको प्रारम्भिक अनुमान साथीहरूले लगाएता पनी के कारणले मृत्यु भएको स्पष्ट भइ नसकेकोले अस्पतालको रिपोर्ट आए पछि मात्र स्पष्ट हुने बताइएको छ । मृतक को सव पोस्टमार्टमको लागि मलेसियामाको जोहोर बारुको कुलाइ स्थित सुल्तान हस्पिटल लगिएको कम्पनी मा कार्यरत सहकर्मीहरुले जानकारी दिएका छन् ।
श्रोत का अनुसार आबस्यक कागजात र कानुनी प्रक्रिया मिलाएर छिटै अन्तिम दाहसस्कार को लागि सव नेपाल पठाउने भएको छ।

Facebook Comments