वि.सं. २०२५ साल मंसिर २७ गते इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ पशुपतिनगरमा जन्मिएका तारानाथ पौडेल पेशाले शिक्षक हुन् । उनी शिक्षकमा मात्र नभएर साहित्यमा पनि रुची राख्छन् । उनै साहित्यकार पौडेलद्धारा रचित २ कविता प्रस्तुत छ ।

चौतारीमा पर्खीबस भेटन आउँला सानी ।

चौतारीमा भेटन आउँला पर्खीबस सानी
गुलाफको फुल टिपि लेयाउला तिम्लाई भनि
फुलमात्र होइन सानी माला पनि लेयाउछु
हातमा चुरा गला पोते सिंदुर शिरमा सिंदुर लाउछु
सपना त सजाए थे दिन्छेउ साथ भनि
पलभरमानै अस्ताई गयो जात मृत्यु बनी
पवन पनि कस्तो बहने कोइबेला आउने
रुकुम जिल्ला बिक थरको घरमा केटि धाउने
माया भन्ने कस्तो खेल ज्यान पनि लिने
बाचा गर्या थियोे होला जीवन बिताइ दिने
हिर्दयमा चोट लाग्यो परिवारजनको बिच
किन भेदभाब मानब एकहुन हुन्न उच निच
धर्म नाश पाप धेरै हुनथाल्यो अती
जातीय भेदभाव गर्दा हुने एस्तै एस्तै खती
थोरै स्त्री जनको कपट बुझ्नु पर्ने मती
अरु नारी देबि भजनु बुझ्नु पर्ने एती
एस्ता घटना नदोहोरियोस दोहोरिए हुन्छ क्षती
करोड तारा आकाशमा भिन्न सुर्य गती
कुसंस्कारको जालो लाई तोडनु पर्छ जानी
के नै पाए नवराजले सुस्मा सुस्मा भनि
चौतारीमा पर्खीबस भेटन आउँला सानी
गुलाफको फुल टिपि लेउला तिम्लाई भनि ।

प्रयास

प्रयास गर्नु सके उपनिषत बुझाउन
झुप्ल्लो हरुको झुन्डमा नाजी लाई सुझाउन
रोप्नु सृजना का बोटहरु कोपिला सगै फुलाउन
पहाड, तराई , कछाड जोत्दै फाट कतै बनाउँन
रहर उब्जाउन होइन यहा पिडा दुख र पियासको
गह सुकाउदै दिन रात भक्क्ती गर्छ जो देशको
शब्द थुपार्नु रास रास समेटदै भाव सके माहाकाब्य बनाउन
प्रयास गर्नु हरपल सके अर्थब जस्को बुझाउन
बिद्द्ताको भिडले सत्बिज रोप्नु उचित
युद्ध गर्दै कलमले कुकर्म चिर्नु पर्दछ
भन्दै थिए सन्तती जो बेला परिवर्तनका खातिर
नभन्दै उच्च भइ ठालु शन्यू मै आखिर
प्रयास गर्नु सके जो उपनिषत बुझाउन
झुप्ल्लो हरुको झुन्डमा नाजी लाई सुझाउन ।

Facebook Comments