महेन्द्र केरुङ – मलेसिया –
जि. एस . समाज सेवा युवा क्लब बातुपहात जोहोर मलेसिया द्वारा मलेसियामा मृत्यु भएका दाङ जिल्ला घोराही उपमहानगरपालिका -५ नैनुहार का दुर्गा बिटालु को घर परिवारलाई नगद रु , ७,५७,५५३ /- (सात लाख सन्ताउन्न हजार पाँच सय त्रिपन्न रुपैया ) सहयोग गरिएको छ।
मलेसियामा स्थापना गरिएको जि एस समाज सेवा युवा क्लब मलेसिया ले यो भन्दा अगाडि पनि विभिन्न चरणमा दुःखमा परेका पीडित हरु लाई सहयोग गर्दै आइरहेको यस जि एस समाज सेवा युवा क्लब मलेसिया ले आफ्नो समाज सेवा लाई निरन्तरता दिदै आइरहेको छ।
यसै क्रममा दुइ महिला अगाडि 05 – 01- 2020का दिन हृदयघात का कारण मलेसियामा मृत्यु भएका दुर्गा बिटालु को घर परिवार, लाई केही सहयोग होस भनी “जि . एस समाज सेवा युवा क्लब मलेसिया को अगुवाइमा मलेसिया को जिमिल कम्पनी , सोङ्लिन कम्पनी,बुलुबेरी कम्पनी ,ओरेन्ज कम्पनी मा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु बाट र विभिन्न डाेनेशन बक्स बाट सहयोग संकलन गरि सहयोग हस्तान्तरण गरिएको छ।
नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर मलेसिया का अध्यक्ष दावा तामाङ को प्रमुख आथित्यमा र प्रवासी मेमेङ समाज मलेसिया का अध्यक्ष महेन्द्र केरुङ लिम्बु तथा परिवार सेवा समाज का सल्लाहकार राजन दर्नाल को विशेष आथित्यमाआइतबार का दिन जि एस समाज सेवा युवा क्लब मलेसिया ले औपचारिक रूपमा एक कार्यक्रम गरि सम्पूर्ण सहयोग रकम को बारेमा कोषउपाध्यक्ष विमल पोख्रेल ले बिस्तृत रूपमा सार्बजनिक गर्नुभएको थियो ।उक्त कार्यक्रममा प्रमुख अथिती,विशेष अतिथि ,संस्थाका अग्रज लगायत विभिन्न सदस्य हरु ले बोल्नु भएको थियो भने कार्यक्रम प्रमोद मोक्तानले ले संचालन गर्नु भएको थियोे ।

उक्त सहयोग संकलन निम्न तपशिल बमोजिम भएको थियो ।

१)जिमिल H2बाट 264जना =Rm.5282/-
२)सोङ्लिन H बाट 191जना =Rm .3856/-
३)ओरेन्ज Hबाट 316 जना =Rm.6321/-
४)बुलुबेरी H बाट 107जना =Rm.2140/-
५)बान्निङ H बाट 79जना =Rm.1550/-
६)H5 बाट 10 जना Rm.221/-
७)बाहिर बस्नेहरू बाट 127जना =Rm.2516/-
८) समाजसेवी दावा तामाङ तितुङ बाट विशेष सहयोग
=Rm.61/-
९)समाजसेवी राजन दर्नाल बाट विशेष सहयोग Rm.51/-

गरि जम्मा =Rm.21,988 /-

विभिन्न donation box बाट

1)जिमिल कम्पनी A.बाट
=Rm.2064/-
2) बुलुबेरी कम्पनी बाट
=Rm.606/-
3)सोङलिन कम्पनी बाट
=Rm.1378/-
4)जिमिल B. कम्पनी बाट
=Rm.964/-
5)ओरेन्ज कम्पनी बाट
=Rm.835/-
जम्मा = Rm.5,847/-

Rm=(21988+5,847)
Rm=27,835/-

श्रद्धाञ्जली कार्यक्रममा जम्मा भएको दान रकम Rm.155/-

Rm(27,835+155)
जम्मा Rm =27,990/-
अर्थात जम्मा =रु, 7,57,553 /-
(सात लाख सन्ताउन्न हजार पाँच सय त्रिपन्न,रुपैया )
जि . एस . समाज सेवा युवा क्लबको अगुवाइमा संचालित यो आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्नुहुने जिमिल,सोङ्लिन,ओरेन्ज,बुलुबेरी कम्पनीमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई हार्दिक धन्यवाद र अहो रात्री खटेर सहयोग संकलन कार्यमा सक्रिय भइ अभियान लाई सफल पार्न मद्दत गर्नुहुने तमाम सहयोगी दाजुभाइ तथा दिदिबहिनी हरु लाई विशेष आभार व्यक्त गर्दै अध्यक्ष राम परियार को अनुपस्थितिमा उपाध्यक्ष जटिल बि सि ले कार्यक्रम समापन गरेका थिए ।
उक्त सहयोग रकम आज घोराही उपमहानगरपालिका का सदस्य डिल्लि बहादुर सार्की ,मध्यपश्चिम एफ एम का पत्रकार बलदेव बि क ,जि एस समाज सेवा युवा क्लब मलेसिया का प्रतिनिधि लछुमन रशाइली र समाजसेवी सुर्य मान बि क को उपस्थिति मा (दाङ घोराहीमा )एक औपचारिक कार्यक्रम गरि मृतक का परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।कार्यक्रममा पत्रकार ,बुद्धिजीवी ,समाजसेवी तथा स्थानीय बासिन्दा को बाक्लो उपस्थिति रहेकोे थियोे ।
जि एस समाज सेवा युवा क्लब मलेसिया ले सामाजिक कार्यमा विभिन्न घटनाक्रम अनुसार विभिन्न किसिमको राहत सहयोग गर्दै आएको छ।बिगत ३ महिना अगाडि सोही कम्पनी मा कार्यरत दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका -१५ निबासी ज्ञान बहादुर दमाई का छोरा अनिल नेपाली को दु:खद निधन पश्चात् निजको परिवारलाई जि एस समाज मलेसिया द्वारा रु ७,३४,९७१/-सात लाख चौतिस हजार नौ सय एकहक्तर रुपैया सहयोग गरेको थियो । यसैगरी सामाजिक सेवा गर्ने क्रममा जि एस समाज सेवा युवा क्लब मलेसिया ले अहिलेसम्म विभिन्न मृतक परिवार ,बिरामी पीडित लगायत लाई रु, ७५,००८३४/-(पचहत्तर लाख आठ सय चौतिस रुपैया )सहयोग गरिसकेको छ।

Facebook Comments