विगत लामो समय देखि दुग्धजन्य उत्पादनमा कार्यरत रितिका डेरीले आफ्नो सबै उत्पादन शतप्रतिशत शुद्ध रहेको दाबी गरेको छ । झापाको मेचीगर १२ मा रहेको यस डेरीले हाल पूर्वमा काँकरभिट्टा हुँदैँ विराटनगर सम्मको बजारमा आफूँले उत्पादन गरेको दुग्ध जन्यपदार्थ बिक्रि वितरण हुने संचालक राजन चिमरियाले बताएका छन् । नेपाल डेरी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष समेत रहेका चिमरियाले लकडाउनको समयमा पनि बजारमा दुग्धजन्य पदार्थको अभाव हुन नदिन आफैँ बजारसम्म पुगेर उपभोक्ताको आवश्यकता परिपूर्ती गरिरहेको बताएका छन् ।

वि.संं २०६३ सालमा विधिवत् रुपमा उद्योग दर्तागरेर दुग्ध क्षेत्रमा काम गरिरहेको रितिका डेरीले हाल डेरी संगै बेकरी उद्योग, गाईपालन, बंगुरपालन तथा माछा पालन समेत संचालन गरिरहेको छ । बजारमा गएका दुग्धजन्य पदार्थ कहीले काँही विजुली नभएर वा बिक्रि वितरण नभए सो सामाग्री फिर्ता ल्याएर बंगुर पालन र माछा पालनमा प्रयोग गरिने तर गुणस्तरहिन सामाग्री बजारमा प्रयोग गर्न नदिने डेरीका अर्का संचालक योगेन्द्र चिमरियाले बताएका छन् ।

नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय र प्रदेश सरकारको अनुरोधमा लकडाउनको समयमा पनि एक दिन डेरी बन्द नभएको बताइएको छ । देशनै यति बेला लकडाउनका कारण घरमानै सुरक्षित भएर बसे पनि पूर्वका सम्पूर्ण जनताहरु दुग्ध जन्य पदार्थको अभाव हुन नदिएको संचालकको भनाई छ । लकडाउन नभएको बेला दैनिक रुपमा १७००० लिटर दुधको कारोबार भएता पनि हाल ५००० लिटर दुध तथा दुग्धजन्य पदार्थ बजारमा गइरहेको बताएका छन् । विगतका दिनमा मेचीनगरका विभिन्न सामाजिक संस्था तथा २ वटा विद्यालयहरुमा निशुल्क रुपमा दुग्ध पुर्याइरहेको यस डेरीले पछिल्लो समय मेचीनगर नगरपालिकाका सबै क्वारेन्टाइन स्थल, आर्मी क्याम्प आदीमा निशुल्क रुपमा दुग्ध आपूर्ती गरिरहेको छ । आफ्नो आम्दानीको २० प्रतिशत भन्दा बढि सामाजिक कार्यमा लगानीने गरेको बताउँदै लकडाउन अगाडी ९० बढि र हाल ६० बढिलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको यस डेरीका बारेमा पछिल्लो केही दिन अगाडी झापाका विभिन्न समाचार माध्यममा आफ्नो दुग्धजन्य पदार्थमा उत्पादन मिति नलगाएको र गुणस्तरमा तलमाथि भएको समाचार प्रकाशन भएकोमा उनले गुनासो व्यक्त गरेका छन् ।

आधा केजीको दुधको प्याकेटमा उत्पादन मिति नभएको कुरा स्वीकारर्दै उत्पादन मिति लेख्ने मेसिनमा मसी सकिएको र विराटनगर तथा काठमाण्डासम्म खोजी गर्दा पनि मसी नभेटिएकाले त्यस्तो भएको संचालक चिमरियाले बताए । मेसिनमा प्रयोग गर्नुपर्ने मसी १० दिन यता सकिएकोले डटपेनको मसी प्रयोग गर्दै आउँदा सो मसी लतपतिएका कारण तीन दिन यता उत्पादन मिति नभएको आधा केजी दुधको प्याकेट बजारमा गएपनि अब २ दिनभित्रमा काठमाण्डौँबाट सो मसी झिकाई पहिलाको जस्तै उत्पादन मिति राखेर दुध बजारमा ल्याइने चिमरियाले जानकारी दिए । हाल सोही डटपेनको मसी प्रयोग गर्दौ आएकोले उत्पादन मिति अलिक नबुझिए पनि दुधको गुणस्तरमा केही कमी नआएको चिमरियाले बताए ।

बुधबारेमा रितिका डेरीकै उत्पादन बिक्रिवितरण गरिरहका टिका सुवेदीले पनि विगतमा झैँ अहिले पनि दुधको गुणस्तरमा कुनै कमी नआएको बताउँदै भाम्रक समाचारको पछि नलाग्न उपभोक्तालाई बताएका छन् ।

Facebook Comments